Logo

असार १५ पछि मात्रै दैनिक १० हजार पिसीआर परिक्षण : मन्त्री ढकाल



असार ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रमा उनले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गरिने बताएका हुन् ।

मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म परिक्षण गर्ने गरी स्तरवृद्धि गरिने पनि बताए । उनले कोरोना परिक्षणमा पहूँच नभइ आवश्यक सवैको परिक्षण गरिएको जानकारी दिएका छन् । उनले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा लक्षण नदेखिएको विरामीलाई आइशोलेशनमा र गम्भीर रुपका विरामीलाई मात्र अस्पतालमा राखिने तयारी भएको जानकारी दिए ।

राज्यले कोरोना संक्रमणसंग लड्न सबै तयारी गरेको उनको भनाई छ । मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्रीहरु ल्याउने क्रम जारी नै रहेको भन्ँदै स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको पनि स्पष्ट पारे ।

मन्त्री ढकालले भारतबाट एकैपटक धेरै व्यक्ति भित्रता जाँचमा केहि ढिलाई भएको स्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्