Logo

रसुवामा र ओखलढुङ्गामा बाहेक सबै जिल्लामा कोरोना संक्रमण



शरद अधिकारी, ७ असार । नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।

शनिबार डोटीका ६१, पाल्पा ३३, नवलपुर ३२, महोत्तरी २४, तनहुँ २४, बागलुङ २९, बैतडी र गुल्मी १८÷१८, बाँके १४, डडेलुधरा १२, सर्लाही नौ, मोरङ, प्युठान र धादिङमा आठ÷आठजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुर, रौतहट र बर्दियामा सात÷सात, दाङ र बारा चार÷चार, रामेछाप र कैलाली तीन÷तीन, सुनसरी दुई, काठमाडौं, झापा, नवलपरासी, रूपन्देही, स्याङ्जा, मुस्ताङ र रुकुम पश्चिमका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी रौतहटमा एक हजार एक सय १२ जनामा संक्रमण देखिएको छ । देशका ११ जिल्लामा दुई सयभन्दा बढी संक्रमित फेला परेका छन् । रौतहटपछि क्रमशः दैलेखमा सात सय २५, कपिलवस्तुमा ६ सय ८०, सर्लाहीमा पाँच सय ६२, महोत्तरीमा पाँच सय २४, सुर्खेत दुई सय ९८, दाङमा दुई सय ७३, धनुषामा दुई सय ६०, रूपन्देहीमा दुई सय ५६, बाँकेमा तीन सय ४३ र कैलालीमा दुई सय पाँचजनामा संक्रमण देखिएको छ ।

प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ का १३ जिल्लामा संक्रमण फैलिएको छ । सोलुखुम्बुमा एक, मोरङ एक सय १५, संखुवासभा दुई, सुनसरी ६२, भोजपुर ६, धनकुटा आठ, झापा एक सय ७९, खोटाङ चार, उदयपुर ५०, तेह्रथुम तीन, पाँचथर तीन, इलाम दुई र ताप्लेजुङमा चार गरी चार सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का आठै जिल्लामा संक्रमण फैलिएको छ । सिरहामा ८०, सर्लाही पाँच सय ६६, सप्तरी एक सय ५२, रौतहट एक हजार एक सय १२, महोत्तरी पाँच सय २४, बारा एक सय पाँच, पर्सा एक सय ५८ र धनुषामा दुई सय ६० गरी दुई हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ । सिन्धुलीमा आठ, सिन्धुपाल्चोक २६, मकवानपुर १४, रामेछाप २५, काठमाडौं ४१, ललितपुर पाँच, काभ्रेपाल्चोक ६, चितवन ४३, दोलखा दुई, धादिङ एक सय एक, नुवाकोट १२ र भक्तपुरमा १६ गरी दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । स्याङ्जामा ७७, बागलुङमा १०४, लमजुङमा एक, म्याग्दीमा तीन, नवलपरासी पूर्वमा एक सय २७, कास्कीमा १५, गोरखामा ४७, पर्वतमा ४३, तनहुँमा ६९ र मनाङ र मुस्ताङमा एक÷एक गरी चार सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का १२ जिल्लामा कपिलवस्तुमा ६ सय ८०, बाँकेमा तीन सय ४३, दाङमा दुई सय ७३, रूपन्देहीमा दुई सय ५६, अर्घाखाँचीमा एक सय ६५, बर्दियामा एक सय ५०, गुल्मीमा एक सय ६८, नवलपरासी पश्चिम ५४, प्युठानमा ७४, पाल्पामा ८९, रोल्पामा ४०, रुकुम पूर्वमा तीन गरी दुई हजार दुई सय ९५ जनामा संक्रमण फैलिएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा संक्रमण फैलिएको छ । दैलेखमा सात सय २५, सुर्खेतमा दुई सय ९८, सल्यानमा एक सय ६५, कालिकोटमा ४२, जुम्लामा २६, जाजरकोटमा आठ, रुकुम पश्चिममा दुई, हुम्ला, मुगु, डोल्पामा एक÷एक गरी एक हजार दुई सय ६९ जनामा संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा संक्रमण फैलिएको छ । कैलालीमा दुई सय पाँच, डडेलधुरामा एक सय ४४, बैतडीमा एक सय ३८, कञ्चनपुरमा ९४, अछाममा ७२, बाजुरामा ७०, डोटीमा एक सय २४, बझाङमा २०, दार्चुलामा १२ गरी ८६९ जनामा संक्रमण देखिएको छ । नागरीकबाट



प्रतिक्रिया दिनुहोस्