Logo

भारत चीन विवादमा बोल्यो नेपाल



काठमाडौं, असार ७ । नेपालले भारत र चीनलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा बल्झिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। समस्या समाधान गर्न दुवै देश सक्षम रहेको विश्वास नेपालले व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनका आधारमा विवाद सल्टाउन आग्रह गरेको हो।

भारतीय र चिनियाँ सेनाबीच सोमबार राति झडप हुँदा भारतीय सेनाका अधिकृतसहित २० जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघलगायत निकायले पनि चिन्ता व्यक्त गर्दै दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै आएको अन्नपूर्ण पोस्ट् दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्