Logo

डडेल्धुराः पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका नौ जना आइसोलेसनबाटै फरार



डडेल्धुरा, असार ७ । डडेल्धुराबाट पीसीआर परिक्षणमा पोजेटिभ आएका नौ जना संक्रमित भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट संक्रमितहरु भागेका हुन् ।

आइसोलेसनमा २९ जना संक्रमित रहेकोमा शनिबार नौ जना संक्रमित भागेको नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले बताएका छन् । पर्याप्त सुरक्षाकर्मी नभएका कारण उनीहरु सहजै भाग्न सफल भएको उनको भनाई छ । २९ जनाको सुरक्षामा एक जना मात्रै सुरक्षाकर्मी खटिएको र सुविधा नभएको भन्दै नौ जना भागेको सिंहको भनाई छ ।

डडेल्धुरामा हालसम्म एक सय ७१ जनामा कोरोना पुष्टि भैसकेको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली पछि सबै भन्दा बढि संक्तमित डडेल्धुरामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्