Logo

डोटीका इन्स्पेक्टरसहित २ जना अख्तियारको फन्दामा



काठमाडौ, ७ असार । डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरासहित २ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, विपीनगर, डोटीका प्रहरी निरीक्षक बोहरासमेतले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको उजुरीको आधारमा अनुसन्धान भएको थियो ।

अवैध काठ तस्करी गरेर टयाक्टरमा लोड गरिरहेको समयमा स्थानीयहरुले काठ पक्राउ गरी नियन्त्रणमा लिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बोहोरा र केदार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष चक्र बहादुर साउदले ६१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको हो ।

उनीहरुमाथी कानुन बमोजिम बिगो रकम कायम गरी सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्