Logo

१३ वर्षीया बालिकामाथि बलात्कार, अभियुक्त पक्राउ



भक्तपुर, ७ असार । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जब्बर खडकालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका दुवाकोट बेसी बस्ने रुकुम भुमे गाउँपालिका घर भएका खडका पक्राउ परेका हुुन् ।

खड्कालाई अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्