Logo

बाकसमा आएको लास हेर्न गाह्रो भोः रेखा थापा



काठमाडौ, ७ असार । नायिका रेखा थापाले बिदेशिएका युबाहरुको सुरक्षाबारेमा सोच्न सरकारलाई आग्रह गरेकी छिन् । रेखाले वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति लाखौ युवाहरुको बारेमा गहिरिएर सोच्नु पर्ने दिन आएको बताएकी हुन् ।

उनले आफुलाई बेरोजगारीको पिडा, परिवारको दायित्व र मनमा रहर बोकेर बिदेशको श्रम बजारमा जान बाध्य भएका युवाहरु लाश बनेर बाकसमा फर्केको हेर्न निकै गाह्रो भएको बताएकी छिन् । भर्खर मात्र नेपाल सरकारले विदेशमा लकडाउनले अलपत्र परेका २२ जनाको शव ल्याएको थियो । उनले नेपाली युवाहरु बिदेशमा बेचिनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमा नै रोजगारी र अवसर दिन पनि सरकार समक्ष माग गरेकी छिन् ।

रेखाले निकै भावुक हुँदै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बेरोजगारिको पिडा, परिवारको दायित्व र मनमा रहर बोकेर बिदेशको श्रम बजारमा धकेलिन वाध्य सयौ युवाहरु लास बनेर बाकसमा फर्केको हेर्न नसकिने भो । ति परिवारका सदस्यलाई कस्तो होला ? ति आमा दिदी बहिनिलाई कस्तो बेदना र सोक होला ? वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति सबै हाम्रा युवाको सुरक्षाबारे केही गर्न सकिन्न र ?

देशमा उद्दोग रोजगारी र अवसर भये किन पराइ भुमिमा यसरी जोखिम लिनु पथ्र्यो होला? केही त सोच सरकार ! के हिजो देखी आज र भोली पनि यिनै युवाको कमाइ खाएर यस्तै गरी बाकसमा लास पर्खिने? कहिले हुन्छ यो दुस्खको अन्त्य । ’ File Photo



प्रतिक्रिया दिनुहोस्