Logo

कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ : थापा



काठमाडौं, ८ असार । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ताल देखेर आफूलाई आश्चर्य लागेको बताएका छन् । नागरिक विद्येयकको सम्बन्धमा कांग्रेसले राखेको असहमतिबारे थापाले यस्तो टिप्पणी गरेका हुन् । आइतबार थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,’१अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ। ३करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

थापाले अघि थपेका छन्,’३ जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदान गर्ने नागरिकता ऐन ०६३को व्यवस्थाअनुरुप दशौं लाख बिदेशीले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्। न्यायिक आयोग गठन गरि यसवारे छानविन गर्न र अवैध रुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्द गर्न राप्रपाले ०६४ सालदेखि माग गर्दै आएको छ।’

 



प्रतिक्रिया दिनुहोस्