Logo

हुलाकमा नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार



काठमाडौं, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा १ करोड ८२ लाख ६ हजार ९ सय भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेन्डर गर्दा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूले मिलेमतोमा आर्थिक वर्ष २०६९÷७० मा २ सय ९९ र २०७०÷७१ मा ४ सय १२ जनाको दरबन्दी कायम गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरूले वास्तविक दरबन्दीभन्दा १ सय ४७ र २ सय ६० जना बढी देखाई झुटा बेहोराको गलत लिखत तयार गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्