काठमाडौं, ८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले एमसीसी पार्टीभित्रको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी एउटा परियोजना भन्दा बढि नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद् भएको बताएका हुन् ।
उनले ट्विटरमार्फत यस्तो लेखेका छन्,’Mcc एउटा परियाेजना भन्दाबढी नेकपाकाे आन्तरिक दाउपेचकाे मसला बन्नु दुःखद।पाँच छ जनाबढी प्रम,अर्थ, उर्जा र परराष्ट्र मन्त्रीहरु कसरी सम्झौताकाे विन्दुमा पुगे?तीनीहरु प्रत्येक बाेल्नु पर्छ र संसदमा बुँदागत बहस।तथ्य हैन,हल्लाका भरमा त्यतिकै काेही किन राष्ट्रवादी र राष्ट्रघाती बन्ने?’ File Photo