Logo

कर्णाली प्रदेशमा थप २६ जनामा देखियो संक्रमण



काठमाडौँ ८ असार : कर्णाली प्रदेशमा आज सोमबार थप २६ जना कोरोना संक्रमित भेटिएका छन्।

थप २६ जनामा संक्रमण देखिएको विषय प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सोमबार प्रकाशित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको हो ।प्रदेश अस्पताल र पशुपन्क्षी प्रयाेगशाला सुर्खेतमा गरिएकाे परीक्षणका क्रममा संक्रमण पुष्टि भएकाे हाे। थपिएका संक्रमितमा सल्यानका ४, सुर्खेतका १८, दैलेखका तीन र हुम्लाका एक जना रहेका छन्।

त्यसैगरी नेपाल आज पाँच सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ। यससंगै नेपाल कुल संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ।-File photo



प्रतिक्रिया दिनुहोस्