Logo

‘गेम चेन्जर’ आयोजनालाई वर्षेनी खर्बौँ बजेट, उपलब्धी शुन्य



असार ८, काठमाण्डौ । सरकारले विभिन्न १५ वटा गौरवका आयोजनाहरु सुरुकै दिनदेखि विवादित बन्दै आएको छ । परियोजना छनोटदेखि अहिलेसम्म सम्पन्न भएको छैन भने बर्सेनी बजेट विनियोजन हुदै गएको छ । तर उपलव्धी भने हुन सकेको छैन ।

पन्ध्रौँ आवधिक योजनाबाट घोषणा भएका १५ वटा गौरबका आयोजना अर्थात गेमचेन्जर आयोजनाको बजेट बर्सेनी दोब्बरले बढेको छ । यस वर्ष घोषणा भएका ती आयोजनालाई चालु वर्षको संशोधित खर्च अनुमानको तुलनामा दोब्बरले बजेट दिइएपनि उपलव्धी भने नगन्य रहेको छ ।

राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार चालु वर्षमा ती आयोजनाको संशोधित खर्च अनुमान ३२ अर्ब ४४ करोड रूपैयाँ रहेको छ । तर कुनै पनि आयोजनाका लागि दिइएको रकमको सही सदुपयोग भएको छैन । अध्ययन नै नगरी ठूला आयोजनामा रकम खन्याइएकाले समयमै काम सम्पन्न हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल बताउँछन् ।

गेमचेन्जर आयोजनामध्ये सबैभन्दा धेरै रकम १३२ केभी तथा अन्य प्रसारण लाइन आयोजनालाई दिइएको छ । यो आयोजनाका लागि १९ अर्ब ९४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । चालु वर्षमा यो आयोजनामा १३ अर्ब ६० करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ । एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमका लागि १४ अर्ब ३४ करोड रूपैयाँ विनियोजन गरिएको छ । यो रकम चालु वर्षको संशोधित खर्च अनुमानको तुलनामा १० अर्ब रुपैयाँ बढी रकम हो ।

पूर्व–पश्चिम राजमार्ग सुधार आयोजनाका लागि ८ अर्ब ९१ करोड रूपैयाँ, रहेको छ । यो आयोजनामा चालु वर्षमा २ अर्ब ८६ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडकका लागि १ अर्ब ३७ करोड रूपैयाँ विनियोजन गरिएको छ । यो आयोजनामा १ अर्ब १२ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमानमा गरेको छ ।

प्रादेशिक र स्थानीय सडक सुधार आयोजनाका लागि ५ अर्ब बजेट विनियोजन गरिएको छ । यो आयोजनाका लागि चालु वर्षमा ३ करोड ५४ लाख रूपैयाँ मात्रै बजेट थियो । सहरी करिडोर आयोजनालाई १२ करोड ६८ लाख रूपैयाँ बजेट दिइएको छ । नयाँ सहर आयोजनालाई २ अर्ब बजेट दिइएको छ । चालु वर्षमा १ अर्ब ५६ करोड रूपैयाँ यही आयोजनामार्फत् खर्च हुने अनुमान छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजनालाई २ अर्ब ४५ करोड रूपैयाँ बजेट दिइएको छ । यो आयोजनामार्फत् चालु आर्थिक वर्षमा १ अर्ब ३ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्