Logo

मुकेश अम्बानीको सम्पत्ति बढेपछि बने विश्वका नवौं धनी



एजेन्सी, ९ असार । भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सुचीमा उक्लिएका छन् । रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीका सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ ।

अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन् । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन् । यसलगत्तै अम्बानी एशियाका सर्वाधिक धनी भएका छन् ।

रिलाइन्सले तेल र ऊर्जामा समेत ठुलो लगानी गरेको छ । उनले जिओ प्लेटफर्मलाई इन्टरनेटको हस्ती बनाउँदै गुगल र अलिबाबालाई समेत चुनौती दिने ठानिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्