Logo

भारत र चीन विवादबीच विदेशमन्त्रीस्तरीय कुराकानी हुँदै



एजेन्सी, ९ असार । भारत र चीनबीच गलवालमा भएको झडपपछि पहिलोपटक विदेशमन्त्री तहमा फेस टु फेस कुराकानी हुने भएको छ । आज रुस, भारत र चीनका विदेशमन्त्रीहरुबीच एकसाथ कुराकानी हुन लागेको हो ।

रुसको ७५ औं भिक्ट्रि डेको अवसरमा भर्चुअल कुराकानी हुनलागेको हो । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्गी यी बीच पहिलोपटक फेस टु फेस कुराकानी हुनलागेको हो । १५ जुनमा दुवैतर्फका सेनाको ज्यान जाने गरी हिंसात्मक झडप भएपछि पहिलोपटक फेस टु फेस कुराकानी हुनलागेको हो ।

यसैगरी भारतीय रक्षामन्त्री राजनाथ सिंह मस्को पुगेका छन् । उनी तीन दिने भ्रमणका लागि मस्को पुगेका हुन् । चिनियाँ रक्षामन्त्री जनरल वि फेङगी पनि मस्को पुगेका छन् । भिक्ट्री डेको परेडमा भारत र चीन दुवै देशका फौज सहभागी हुनेछन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्