Logo

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी



काठमाडौ, ९ असार । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् । विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भने । उनले अझै पनि कोरोना भाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे। राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उहाँको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ। उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोना भाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन्।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

ती देशहरुमा अझै पनि धेरै कोरोना भाइरसबाट संक्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन् । विश्वभरी पछिल्लो तीन महिना कोरोना भइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस संक्रमित भएको र त्यति नै संख्यामा संक्रमितहरु पछि आठ दिनमा बृद्धि भएको पनि डब्लुएचओले जनाएको छ । अन्नपुणै पोस्टबाट



प्रतिक्रिया दिनुहोस्