Logo

क्वारेन्टिनबाट घर गएका युवकको मृत्युपछि कोरोना परीक्षण गर्न स्वाब संकलन



कैलाली, असार ९ । स्वाब संकलन नगरी क्वारेन्टिनबाट घर पठाइएका युवकको घर पुगेको दोसा्रे दिनमै मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब परिक्षण हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमबार साँझ मृत्यु भएको थियो । क्वारेन्टिनको बसाई सकेर घर फर्किएका उनको स्वाब परिक्षण नगरि घर पठाइएकाले परीक्षणका लागि स्वाब संकलन गरीएको हो। आईतवार मात्रै घर पठाईएका ति युवकको सोमबार मृत्यु भएको थियो ।

मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्