Logo

११ कोरोना संक्रमित भेटिएपछि बन्दिपुर दुई हप्ता सिल



तनहुँ, ९ असार । बन्दिपुर गाउँपालिकामा ११ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश पोखराबाट बन्दिपुरको क्वारेन्टाइनमा रहेका ११ जनामा संक्रमण पुष्टि भएको हो । यसलगत्तै बन्दीपुर गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिकाको असार ८ गते बसेको आपतकालिन बैठकले समुदायमा फैलने उच्च जोखिमलाई मध्य नजर गर्दै असार ९ देखि लागु हुने गरी गैरसरकारी सस्था, निजी क्षेत्र, बैंक तथा बित्तिय सस्थाहरु २ हप्ताको लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

संक्रमित हुनेमा बन्दिपुर क्वारेन्टाइनमा बसेका ८ जना, स्वास्थ्यकर्मी १ जना, १ प्रहरी र अन्य १ व्यक्ति रहेको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले उच्च मनोबलको साथ भौतिक दुरी कायम गर्दै आफू र समुदायलाई सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्