Logo

काठमाडौं उपत्यकामा धान रोपाई समयमै सकियो (फोटोफिचर)



काठमाडौं, ९ असार । काठमाडौं उपत्यकामा यसवर्ष चाँडै धान रोपाई भएको छ । यो दशकौंपछिको रेकर्ड हो । उपत्यकाको तीनवटै जिल्लाको सबैजसो ठाउँमा रोपाईँ सकिइसकेको छ ।

विगतका वर्षहरुमा साउन लागेपछि मात्र रोपाई सकिने गरेकोमा यसपटक समयमै पर्याप्त पानी पर्दा रोपाई सकिएको हो ।

हिजो विहानको वर्षाले खेतहरुमा पर्याप्त पानी भएको थियो । जेठको अन्तिम हप्ता देखि लगातार वर्षा हुँदा रोपाईँ सहज भएको थियो । पानी पर्याप्त भई छिटो रोपाईं सकिँदा कृषकहरु हर्षित भएका छन् । यसपटक बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ ।

उपत्यका धान उत्पादन राम्रो हुने क्षेत्र हो । यहाँका विशाल फाँटहरुमा धान उत्पादन बढी हुन्छ ।

 

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्