Logo

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



ललितपुर, ९ असार । जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बस्ने एकजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका बस्ने सिन्धुपाल्चोक घर भएका पुरुष पक्राउ परेका हुन् ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि बिभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्