Logo

वर्षा सिवाकोटीको आक्रोशः कुकुरमा कर लगाउने ?



काठमाडौ, ९ असार । देशमा भइरहेका सामाजिक तथा राजनितीक घटनाको बारेमा नायिका वर्षा सिवाकोटी जानकार छिन् । उनले चलचित्र क्षेत्र होस् वा अन्य क्षेत्रमा खुलेर आफ्नो कुरा राख्दै आएकी छिन् ।

कुकुर पाल्न महानगरबाट अनुमति लिनु पर्ने नयाँ नियम ल्याएको विषयमा वर्षाले सरकारको आलोचना गर्दै बिमती जनाएकी हुन् । सडकमा भएका सयौ कुकुरहरु खान नपाएर भोकभोकै हिडेका छन् तिनीहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न पहिला महानगरलाई सल्लाह दिएकी छिन् ।

उनले ‘सडकमा सयौं कुकुर निर्वाध, भोकभोकै घुमिरहेका छन । पहिला तिनीहरुलाई नियन्त्रण र व्यवस्थापन गर्ने कि घरमा पालिएका कुकुरमा कर लगाउने ? अब हुदाहुदा कुकुर पाल्न पनि महानगरपालिकाबाट अनुमती लिनु पर्ने नियम बनाउने ? यस्ता ताइ न तुइका नियमले जनतालाई किन सास्ती दिनू ?’ भन्दै कडा आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्