Logo

नेपाल विद्युत‌ प्राधिकरणका इन्चार्जसहित ८ जना अख्तियारको फन्दामा



काठमाडौ, ९ असार । नेपाल विद्युत‌ प्राधिकरणका इन्चार्ज संजीव शर्मासहित ८ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिबास उप–वितरण केन्द्रमा कार्यरत इन्चार्ज शर्मासहित ८ जनाले २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ भ्रष्टचार गरेको उजुरीको आधारमा अनुसन्धान भएको हो ।

प्राधिकरणका इन्चार्ज शर्माले ज्यालादारी कर्मचारीहरु अरविन्द प्रसाद जयसवाल, कुमारी कर्ण, चन्द्रभुषण महता, धर्मेन्द्र कुमार महता, अजितमान सिंह, स्मिता कट्टेल र अन्जु कुमारी बस्नेतसँग मिलेमतोमा राजस्व हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको थियो ।

उनीहरुलाई कानुन बमोजिम हिनामिना गरेको बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्