मुकुन्द कालिकोटे : काठमाडौं ९ आषाढ । रुकुमको चौरजहारी नगरपालिका-८ सोती जाजरकोटमा घटाईएको नरसंहारको विरुद्धमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले काठमाडौंमा वृहत सिठी जुलुस निकालेको छ ।
अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले काठमाडौंमा वृहत सिठी जुलुस निकालेको हो । माईतिघर मण्डलामा भेला भएर नयाँ बानेश्वरतिर र्याली जाने क्रममा ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप लगाउँदै जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । बानेश्वरको निषेधित क्षेत्रमासम्म पुगेर कोष सभामा परिणत भएको थियो ।सभालाई भिविन्न राजनीतिक दलका सांसद, विभिन्न संघ संस्थाका पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।
गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यस घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।