Logo

स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रचण्डले भेटे ओलीलाई



काठमाडौं, ९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीको स्थानीय कमिटी बैठक भोलि बस्दैछ । त्यसको अघिल्लो दिन दुई अध्यक्षबीच भेटवार्ता भएको हो । भेटमा के कुरा भयो ? भन्नेबारे अहिलेसम्म खुलाईएको छैन् ।

तर, भोलिको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने जनाईएको छ । एमसीसीको विषयमा पार्टीभित्र मतभेद चुलिएको छ । प्रधानमन्त्री ओली जसरीपनि एमसीसी पारित गराउने पक्षमा छन् भने अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामेदव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने एमसीसीको विपक्षमा उभिएका छन् । उनीहरुले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडान लिएका छन् । भोलिको स्थायी कमिटीको बैठकमा सरकारको कामको बारेमा पनि समिक्षा हुने नेताहरुले सार्वजनिक धारणा राखेका छन् ।

एमसीसीमा प्रधानमन्त्री ओलीलाई ईश्वर पोखरेलले साथ नदिने !

अध्यक्षद्धयबीचको आजको भेटवार्ताले भोलिको स्थायी कमिटीको बैठकका एजेण्डा तय गरेको बुझिएको छ । तर, नेताहरुले अहिले साँझसम्म भोलिको बैठकका एजेण्डाहरु पाईसकेका छैनन् । प्रधानमन्त्री ओलीले यसअघि पनि तय भएका स्थायी कमिटी बैठकहरु स्थगित गर्दै आएका छन् । भोलिको बैठकपनि बस्छ वा स्थगित् हुने हो भन्नेमा नेताहरु द्धिविधमा छन् । File Photo



प्रतिक्रिया दिनुहोस्