Logo

चीनले नेपाली भुमि कब्जा गरेको र चिनियाँ सेना पसेको भन्दै काँग्रेस उपसभापति निधिद्वारा सरकारसँग जवाफ माग



काठमाडौं, ९ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भुभाग अतिक्रमण गरी कब्जा गरेको भन्दै सरकारको जवाफ मागेका छन् । उनले सगरमाथाबारे चिनियाँ गतिविधिप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमा समेत आशंका व्यक्त गरेका छन् ।

आज ट्वीटरमा धारणा सार्वजनिक गर्दै निधिले भनेका छन, हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा । निधिले चिनियाँ सेना कोरोनाबारे सहयोग र चिनियाँभाषा सिकाउने नाममा नेपाल पसेको समेत उल्लेख गरेका छन् ।

सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आएको भन्दै यी घटनाप्रति सरकारको जवाफ मागेका छन् । पछिल्लो समय भारतले सिमा अतिक्रमण गरेको विषय बाहिर आउँदै गर्दा चीनले पनि सिमा अतिक्रमण गरेको विषय खुल्न थालेको छ । चीनले सगरमाथाको चुचुरोमा आफ्नो समेत दाबी प्रस्तुत गर्न थालिसकेको छ । उसले यसका लागि आफ्नो आधिकारिक सञ्चारमाध्यममा प्रचार गरिरहेको छ ।

निधिले यस घटनाप्रति समेत गम्भीरता देखाएका छन् । निधिले आज ट्वीटर पेजमा लेखेका छन्ः हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि; हुम्ला,रसुवा,संखुवासभा, सिन्धुपाल्चोक गरि ३३हे. जग्गा चीनद्वारा कब्जा; गोरखाक‍ो रुई गाउँ कब्जा;क‍ोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने; र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।



प्रतिक्रिया दिनुहोस्