Logo

भारत पाकिस्तान तनाव, सिमामा गोली हानाहान देखि दुतावासका कर्मचारी निकाला निकाल



एजेन्सी, १० असार । भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । भारतले दिल्लीस्थित पाकिस्तानी राजदुतावासका कर्मचारीलाई निष्काशन गरेलगत्तै पाकिस्तानले पनि बदला लिएको छ ।

पाकिस्तानी राजदूतावासका कर्मचारीले गुप्तचरी गरेको आरोपमा भारतले निष्काशन गरेको थियो । लगत्तै पाकिस्तानले पनि भारतीय राजदुतावासका कर्मचारीलाई निष्काशन गरेको थियो ।

दुवै देशले एउटा देशले जति कर्मचारी निष्काशन गर्छन उति नै संख्यामा निष्काशन गर्न थालेका छन् । यसले झन् तनाव बढाएको छ ।
यसैगरी, यसै हप्ताको सोमबार जम्मु काश्मिरको सिमा क्षेत्रमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । त्यस क्रममा एकजना गोर्खा सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस्