Logo

एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने समयावधि थप्न सरकारले अमेरिकालाई पत्राचार गर्ने



काठमाडौं, १० असार । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) १६ असारभित्र संसदबाट पारित गर्नुपर्नेछ । एमसीसी सम्झौता अनुसार उक्त मितिमा पारित गरिसक्नुपर्ने भएपनि सभामुख अग्निप्रसाद सापकोटोल १७ असारसम्मका लागि संसद बैठक स्थगित गरेका छन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

एमसीसी पारित गरिसक्नुपर्ने समय अवधिमा संसद बैठक नहुने भएपछि सरकारले पनि नयाँ रणनीति चालेको छ । एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने समयावधि सार्न अमेरिकालाई पत्राचार गर्ने तयारी भएको छ । अर्थविद रामेश्वर खनालले ऋषि धमलासँगको कुराकानीमा अर्थ मन्त्रालयले आज पत्र तयार गरी पठाउने जानकारी पाएको बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडा पत्राचारमा लागिसकेको बुझिएको छ । अमेरिकालाई एमसीसी सम्झौताको समयावधि थप्न अनुरोध गरेपनि त्यो स्वीकार हुने सम्भावना कम छ । अमेरिकाले एमसीसी सम्झौता १६ असारमा भएलगत्तै काम अगाडि बढाउने तयारी गरिसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्