Logo

‘पोई पर्यो काले’ लकडाउनमा सर्वाधिक हेरीयो



काठमाडौ, १० असार । लकडाउनमा युट्युबमा राखेका चलचित्र र म्युजिक भिडियोलाई घरमा बस्न बाध्य भएका दर्शकले खुब चासो दिएर हेरेका छन् । केही निर्माताहरुले हल बन्द भए लगत्तै युट्युबमार्फत चलचित्रहरु रिलिज गरेका थिए । सबै घरमा बसेकाले युट्युब हेर्नेको सख्यामा बृद्धि भएको हो ।

लकडाउनमा युट्युबमा रिलिज गरेको फिल्म ‘पोइ पर्यो काले’ लाई १ करोड १९ हजार भन्दा धेरैले हेरेका छन् । यो फिल्मले एक करोड भन्दा धेरै भ्युज पाएको छ । शिशिर राणाले निर्देशन गरेको उक्त फिल्मको निर्माता किरण नेपाली हुन् । फिल्ममा पुजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त आदीको मुख्य अभिनय छ ।



प्रतिक्रिया दिनुहोस्