Logo

काठमाडौं महानगर-४ मा वृद्धभत्ता विवाद : यस्तो छ वास्तविकता



असार १०, काठमाण्डौ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का सुमन लिम्बु र सुरज गुरुङ गत सोमबार ९६ वर्षिया हजुरआमा चिजमाया लिम्बुको वरिष्ठ जेष्ठ नागरिक भत्ता लिन वडा कार्यालयमा आएका थिए ।

वडा कार्यालयको श्रेस्तामा १७ नम्बरमा चिजमायाको नाम थियो । जसमा उनले भत्ता लिएको टिक लागेको थियो । त्यससपछि विवाद सुरु भयो । भत्ता नलिएको भन्दै सुमन र सरोज तोडफोडमा उत्रिए ।

जनप्रतिनिधि, सेवाग्राही र सामाजिक महिला परिचालिकामाथि पनि हातपात गरेको सामाजिक परिचालिकाले बताइन् ।
‘भत्ता लिए नलिएको वा मिस्टेक के भएको हो हेरेर भत्ता उपलब्ध गराउँछौं भन्दा भन्दै उहाँहरु तोडफोडमा उत्रनुभयो,’ वडाअध्यक्ष मोहन विष्टले भने, ‘पछि जाँच गर्दा १८ नम्बरमा रहको व्यक्तिले १७ नम्बमा हस्ताक्षर गरेको रहेछ ।’

जेष्ठ नागरिकले हस्ताक्षर गर्दा त्रुटि हुन पुगेको उनले बताए । ‘भत्ता लिन जेष्ठ नागरिक आफैं आउनुपर्छ,’ उनले भने, ‘आउन नसक्ने जेष्ठ नागरिकको भत्ता घरघरमा पु¥याउने गरेका छौं । १८ नम्बरमा रहेका व्यक्तिले भत्ता बुझलिएको हस्ताक्षर गर्दा १७ नम्बरमा गरेकाले समस्या भएको हो ।’

तर त्यो दिन भत्ता लिन चिजमाया नआएर नाती आएका थिए ।

‘परिवारका अन्य सदस्यलाई दिँदा जेष्ठ नागरिकले नपाउने भएकाले हामीले सम्बन्धित व्यक्तिलाई नै दिने गरेका छौं,’ उनले भने, ‘कोरोना महामारीमा त घरघरमै गएर दिएका छौं ।’

राजनीतिक पूर्वाग्रह राखेर उनीहरु प्रस्तुत भएको वडाअध्यक्ष विष्टले बताए ।
‘म तत्कालिन एमालेबाट वडाध्यक्षमा वियजी भएको हुँ,’ उनले भने, ‘म सँग पराजित कांग्रेसका उम्मेदवार अनिसराम भट्टराइको आडमा उहाँहरु म विरुद्ध उत्रनु भएको हो ।’

भेलीपल्ट हजुरआमालाई नै उनीहरुले वडा कार्यालयमा हस्ताक्षर रुजुका लागि ल्याएका थिए । चिजमायाले हस्ताक्षर नगरेको पुष्टि भएपछि भत्ता दिन खोज्दा नलिइ हिडेको र आफ्नो चरित्र हत्या गर्दै हिडेको वडाध्यक्ष विष्टको भनाइ छ ।

महानगरले वरिष्ठ जेष्ठ नागरिकलाई मासिक ३ हजारबाहेक वर्षमा १२ हजार अर्को भत्ता उपलब्ध गराउने गरेको छ । पुरुष ८० र महिला ७५ वर्ष पुगेकालाई यो भत्ता दिइने गरिएको छ ।

सुरज गुरुङ लकडाउनको समयमा नक्कली पुलिस बनेर डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् । महानगरीय वृत महारजगञ्जमा लकडाउनको समयमा उनी जेल परेका थिए ।

वडा कार्यालयमा तोडफोड गरेपछि सुमन र सुरजलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महारजगञ्ज प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्