Logo

विश्वव्यापी सुरक्षा प्रणालीका लागि वार्ता गर्न रुस तयारः पुटिन



एजेन्सी १० असार । रुस विश्वव्यापी सुरक्षा प्रणाली बनाउनमा वार्ता र सहयोग गर्न तयार रहेको छ । बुधबार भिक्ट्री डे परेडमा रुसी राष्ट्रपति पुटिनेले विश्वव्यापी सुरक्षामा सहयोग गर्न रुस तयार र खुला रहेको जनाएका हुन् ।

विश्वव्यापी रुपमा मित्रता निकै महत्वपूर्ण रहेको कारण रुस सक्दो सहयोग पुर्याउने विषय पुटिनेले स्पष्ट पारेका छन् । सम्पूर्ण अन्तर्राष्ट्रिय एजेन्डामा खुला रुपमा प्रस्तुत हुने र सहयोग गर्ने जनाइएको छ । द्रुत रुपमा परिवर्तन हुँदै गइरहेको साझा सुरक्षा प्रणाली सिर्जना गर्न आवश्यकता रहेको छ ।त्यसमा रुस खुल्स्त भएको विश्वास पुटिनले दिलाए ।

रुसी नागरिक एकजुट भए अहिले देखापरेको महामारी विरुद्व लडन् सक्ने प्रतिवद्वता पुटिनले व्यक्त गरेका छन् । प्रत्येक सामान्य व्यक्तिको सम्पूर्ण इच्छालाई पुरा गर्न र महामारीको प्रकोपलाई परास्त गर्न विश्वनै एकजुट भइ अगाडी आउनु पर्नेमा पुटिनको जोड थियो ।Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्