Logo

जब इन्जिनियरबिनै जेड आकारको सडक बन्यो



दैलेख, ११ असार । बिना सर्भे डोजर अप्रेटरको भरमा खोलिएको दैलेखका ग्रामिण सडक भरलाग्दा छैनन्। ग्रेड नमिलाई खनिएका साँधुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। ग्रामिण क्षेत्रका अधिकांश सडक ग्रेड उकालो छन्। त्यतिमात्रै हैन, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कयौँ सडकले पुस्तौँदेखि बसोबास रहेका बस्तीहरु जोखिममा परेका छन्। त्यस्ता सडकको चित्रण दैलेखको महाबु गाउँपालिका–४ काप्रिखोला बाँसखोला गिताचौर सडकले गर्छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।

सोही सडक निर्माण उपभोक्ता समिति समेत गठन भयो। उपभोक्ता समितिले जेसीवी प्रयोग गरेर ट्रयाक खोल्न सुरु गर्‍यो। सडकबाट लाभान्वित उपभोक्ताहरुको उपस्थितिबिनै उपभोक्ता समिति गठन भएको, समितिका पदाधिकारीहरुले मनोमानी ढंगबाट सडक निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाए। गाउँपालिकामा उजुरी समेत दिए। तर, सडकको ट्रयाक खोल्न रोकिएन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छापेर धमाधम सडक निर्माण भयो। उपभोक्ता समितिले मनोमानी ढंगबाट ट्रयाक खोल्दा अहिले ‘जेड’ आकारको सडक बनेको समाचार आजको अन्नपुर्ण पोस्टमा हिक्मतबहादुर नेपालीले लेखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्