Logo

टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख



काठमाडौं, असार ११ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लख ७७ हजार रुपैैयाँको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड रुपैयाँ र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रुपैयाँ रहेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि रु तीन करोड, शिक्षाका लागि एक करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि ३० लाख रुपैयाँ रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि दुई करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्