Logo

लिङदेनमाथि भएको आक्रमणको कमल थापाद्धारा घोर भत्सर्ना र निन्दा



काठमाडौं, ११ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हल्दिबारी गांउपालिका अध्यक्ष रबीन्द्र लिङदेनमाथि भएको आक्रमणको घोर भत्सर्ना र निन्दा गरेका छन् । त्यस्तै, उनले दोषीलाई कानुनबमोजिम कारबाही गर्नपनि माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो माग गरेका हुन् ।

सडकको नाम कुनै कम्युनिस्ट नेताको नभइ स्थानीय परिवेश सुहाउँदो नामाकरण गरौं भन्दा झापाको लिङ्देन र अन्यमाथि गाउँसभा चल्दैगर्दा हातपात गरिएको राप्रपाले जनाएको छ । राप्रपाका नेता मोहन श्रेष्ठले लिङ्देनमाथि गरिएको हातपात दुःखद्, लज्जास्पद र निन्दनीय भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्