Logo

गाँजा सहित पक्राउ



काठमाडौं, ११ असार । अवैध लागूऔषध सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बिष्णु गाउँपालिका स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित बरहथवा नगरपालिकाका शिबध्यान मुखिया र ब्रह्मदेव राय पक्राउ परेका हुन् ।

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले हरिपुरबाट भारततर्फ जाँदै गरेको बी आर ३० सि ६८०९ र बीआर ३० एम ५८१९ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलका चालकहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, सर्लाही बागमती नगरपालिका स्थितबाट अवैध लागूऔषध गाँजा करिब ४१ केजी सहित सोही ठाउँका सन्ते बहादुर ब्लोनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवन र ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ब्लोनको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको खजुरा गाउँपालिका सम्मा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँका दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

सुनसरीको कोशी गाउँपालिका भाण्टाबारीबाट नियन्त्रित लागूऔषध फेनारगन ४१ एम्पुल, डाईजेल्याव ३९ एम्पुल, लुप्रिजेसिक ४० एम्पुल, नाईट्रोशन १ सय ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ४४ क्याप्सुल सहित सोही ठाउँका मिथुन यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्