Logo

मालदार प्रहरी पोष्ट बसेर २० लाख घुस लिने पुरै सेटविरुद्ध मुद्दा



काठमाडौ, ११ असार । पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङसहित ५ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक तामाङ र प्रहरी हवल्दार विष्णु दयाल चौधरीले २० लाख घुस लिएको सुचनाको आधारमा अनुसन्धान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा हुण्डी कारोवारीसँग प्रहरी सहायक निरिक्षक तामाङसहित ५ जनाले २० लाख घुस लिई भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

प्रहरी सहायक निरिक्षक तामाङ, हवल्दार विष्णु दयाल चौधरी, अवधेश राय, राज कुमार गुरुङ, सोनाम तामाङमाथि कानुन बमोजिम कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्