Logo

आराम गर्दै स्वस्तिमा खड्का



काठमाडौ, ११ असार । लामो लकडाउनले सबै मानिसमा निराशा छाएको छ । सोचेको काम गर्न, ३ महिना देखि घर बाहिर निस्कन नपाउँदा तनाव हुनु स्वभाविक हो ।

अझ हाँस्ने, हसाउने, नाँच्ने, नचाउने कलाकारहरुलाई त झन लकडाउनले तनाव नै दिएको छ । सामाजिक सञ्जालबाट दर्शकहरुलाई मनोरन्जन दिइरहेका कलाकारहरुले आफुहरुले भने शान्त स्थान खोजिरहेका छन् ।

नायिका स्वस्तिमा खड्काले भर्खरै एक तस्वीर सेयर गर्दै ‘म थाकेको छु ’ लेखेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत लकडाउनको अत्न्य हुने छ भन्दै दर्शकलई सान्त्वना दिदै आएकी थिइन् । निकै आकर्षक बेडरुममा आराम गरेको तस्वीर लकडाउनको समयको हो वा अन्य समयको हो उनले बताएकी छैनन् । तस्वीर स्वस्तिमा खड्का इन्स्टाग्रामबाट



प्रतिक्रिया दिनुहोस्