एजेन्सी, १२ असार । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । चेल्सीसँग दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी २१ ले पराजित भएपछि जर्गन क्लोपको टोलीले उपाधि जितेको हो ।
सन् १९९० मा उपाधि जितेको लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो । जितपछि उसका समर्थकहरुले खुशियाली मनाएका छन् ।
सात खेल खेल्न बाँकी हुँदै लिभरपुलले दोस्रो स्थानमा रहेको सिटीसँग २३ अंकको अग्रता लिएर उपाधि जितेको हो ।-Photo Source: Agency