Logo

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि



पोखरा, १२ असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले बताउनुभयो ।

जस अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

निर्देशक डा। शर्माका अनुसार नवलपरासीका गौडाकोट नगरपालीकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङको बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ ।

शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्