Logo

चुनाव जिते पुटिनको कार्यकाल १२ वर्ष थपिने



काठमाडौं, असार १२ । रुसले संवैधानिक सुधारका लागि गरेको मतदानको परिणाम पक्षमा आए राष्ट्रपति भ्लादिमिर पुटिनको दुई कार्यकाल थप्ने अनुमति दिनेछ ।

आधिकारिक रुपमा मतदान जुलाई एकका लागि निर्धारण गरिएको छ । तर कोरोना महामारीको बेला मतदानस्थलमा भिड नगर्न एक साता अघि नै मतदान खुला गरिने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विपक्षी नेता अलेक्जै नभाल्नीले भने परिवर्तनले पुटिनलाई आजीवन राष्ट्रपति बनाउने टिप्पणी गर्नुभएको छ । तर पुटिनले भने रुसको स्थिरता सुनिश्चित गर्न आवश्यक रहेको दाबी गरेका छन्। राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुनेछ । सार्वजनिक रुपमा पुटिनले आफू त्यसपछि पनि सक्रिय भएर लाग्ने सम्बन्धमा केही खुलाएका छनैन। तर उनले आफूले विकल्प खुला राखेको बताउँदै आएका छन् ।

मतदानले लगातार दुई पटक राष्ट्रपतिको सीमिततालाई अन्त्य गरी दुई पटक छ वर्षे कार्यकाल पूरा गर्ने गरी बदलाव गर्नेछ । पुटिनलाई सन् २०३६ सम्म नेतृत्व गर्ने अनुमतिको सम्भावनासँगै मतदानले शीर्ष न्यायाधीश र अभियोजनकर्ताको नियुक्तिको अधिकारसमेत प्रदान गर्नेछ ।

संविधानमा समलिङ्गी विवाहमा प्रभावकारी बन्देजसँगै परम्परागत विषयवस्तु समेटिनेछ । त्यसैगरी, आर्थिक परिवर्तनको पक्षहरू समेत समेटिनेछ । जसअन्तर्गत न्यून ज्याला र आर्थिक अवस्थामा निवृत्तीभरणको व्यवस्थापन गरिने व्यवस्था गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्