Logo

मौसमका कारण क्वारेन्टिन व्यवस्थापन झन भद्रगोल हुनेः मन्त्री राउत



काठमाडौं, असार १२। स्वास्थ्य एवं जनसंख्या राज्यमन्त्री नवराज राउतले देशभरी मौसम परिवर्तन भई वर्षात सुरुभएकाले क्वारेन्टिन व्यवस्थापनमा थप चुनौती देखिएको बताएका छन् । उनले एकैपटक भारत लगायतका देशबाट नेपालीहरु भित्रने क्रम बढेकाले सुरुमै समस्याको रुपमा देखापरेको क्वारेन्टिनको व्यवस्थापनको समस्या अहिले बर्षाका कारण थप जटिल बनेको बताए ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै राज्यमन्त्री राउतले केहि ठाउँमा अव्यवस्थित देखिएपनि धेरै ठाउँमा भनिए जस्तो भद्रगोल नभएको दावीसमेत गरे । उनले वर्षा लागेकोले समस्या छ र सुधार गर्ने प्रयासमा सरकार लागेको भन्दै विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार क्वारेन्टिन बनाउन नसकिएको स्विकार गरे ।

देशको क्षमता अनुसार जहाँ जस्तो स्रोत उपलब्ध छ त्यसैलाई व्यवस्थापन गरिरहेको र यसको जिम्मेवारी स्थानीय तहलाई दिएको उनको भनाइछ । स्थानीय तहलाई संघीय सरकारले व्यवस्थापनमा लागि आवश्यक रकम दिएको र यसैबाट स्कुल तथा कलेजका क्वारेन्टिन र आइसोलेसन बनाउनुपर्ने अवस्था आएको राउतले बताए ।

उनले भने,‘देशको अवस्था र परिस्थिति अनुसार गरेका छौं । त्यहाँ बसेका सवैले पनि सरकारको यो प्रयासलाई बुझ्नुपर्छ । कार्यविधि अनुसार काम गर्न सवै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उहाँहरु खटिनुभएको छ । स्थानीय जनप्रतिनिधिहरु पनि दिनहुँ खटिनु भएको छ । केहि ठाउँमा देखिएको समस्या हलगर्ने प्रयासमा सरकार छ ।



प्रतिक्रिया दिनुहोस्