Logo

चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक–एक लाख



जनकपुर, असार १२ । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई एकरएक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले एकरएक लाख रुपैयाँ दिने घोषणा गरेको बताए।

प्रदेश सरकारले मृतक परिवारलाई जनही एकरएक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ । जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्