Logo

रड प्रहार गरी बाबुको हत्या गर्ने छोरा



नुवाकोट, १२ असार । रड प्रहार गरी हत्या गरेको अभियोगमा बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ५५ वर्षीय वुवा चन्द्र बहादुर बिकलाई धारिलो हतियार रड प्रहार गरी हत्या गरेको अभियोगमा लिखु गाउँपालिका कालिमाटीका सुनार पक्राउ परेका हुन् ।

घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको वुवाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्