Logo

छोरीलाई सुत्न साथी चाहियो भनी लगेर जर्बजस्ती करणी, किशोरी गर्भवती



सिन्धुली, १२ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कमलामाई नगरपालिका चन्दनपुर खिरखिरेका रुद्र बहादुर दमै पक्राउ परेका हुन् ।

दमैले श्रीमती माईती गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई आफ्नै घरमा लगि २०७६ फागुन २६ गते राति जबरजस्ती करणी गरी गर्भ समेत रहन गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्