Logo

सामाजिक सञ्जालबाट टाँढिदै बलिउडकर्मी



काठमाडौ, १२ असार । सामाजिक सञ्जालमा पुरै विश्व नै लागेको छ तर बलिउडका कलाकारहरु भने सामाजिक सञ्जालबाट टाढा हुदै गएका छन् । एकैपटक धेरै कलाकारहरु शिकार भएका छन् । बलिउड अभिनेता शुसान्त राजपुत सिंहको आत्महत्या भएसँगै बलिउडकर्मीहरु विभिन्न आरोप प्रत्यारोपमा व्यस्त भएका थिए ।

कलाकारहरुले सामाजिक सञ्जालमार्फत सुशान्तको आत्महत्या, हत्या वा बाध्यताको बारेमा आ–आफ्ना अभिव्यक्तिहरु स्वतन्त्र रुपमा दिएका थिए । त्यही व्यक्तिगत अभिव्यक्तिका कारण कलाकारहरु आलोचनाको सिकार पनि भए । भर्खरै मात्र बलिउडको चर्चित गायिका नेहा कक्करले इन्स्टाग्रामबाट ब्रेक लिने निर्णय गरेकी छिन् ।

नेहाले भावुक हुदै आफ्नो आधिकारीक इन्स्टाग्राम सामाजिक सञ्जालबाट टाढा हुने जानकारी दिएकी हुन् । उनले केहि दिनको लागि इन्स्टाग्रामबाट टाढा भएको बताएकी छिन् । उनले आफुलाई परिवारवाद, ईष्र्या, हत्या, आत्महत्या र नराम्रो मानिसहरुबाट टाढा रहेको भन्दै केहि समय पछि फर्कने बताएकी हुन् । केहि दिन अघि मात्र निर्देशक शंशाक खेतान, सोनाक्षी सिन्हा र साकिब सलिमले पनि ट्विटर बन्द गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्