Logo

वन्यजन्तु अपराधका फरार अभियुक्त लामा १५ वर्षपछि पक्राउ



असार १२, काठमाण्डौ । वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले २०६२ साल भदौमा रसुवामा वन्यजन्तुको तस्करीमा संलग्न ५० वर्षीय कुन्जोक लामालाई पक्राउ गरेको हो ।

तस्करीपछि भई फरार रहेका मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६ वौद्ध बस्ने ५० वर्षीय लामालाई बिहीवार कामपा ६ सिमलटारबाट पक्राउ गरिएको हो ।

लामाको ५ जनाको समूहले २०६२ साल भदौ १६ गते रसुवामा पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको हड्डी ११३ केजी र आखेटोपहार तस्कर गर्न खोज्दा पक्राउ परेका थिए । तर त्यसबेलादेखिनै तामाङ भने फरार थिए । पाँच जनाले भने दोषी ठहर भई कैद भुक्तान गरी सकेका छन् ।

तामाङलाई आवश्यक कारवाहीको शुक्रबार लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवामा बुझाइएको ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्