Logo

सडक हरियाली बनाउन वृक्षारोपण सुरु



असार १३, काठमाण्डौ । वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकामा बृक्षरोपण सुरु भएको छ । शनिवार सडकको दायाँबायाँ पेटीमा बृक्षरोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन नम्बर १ को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा वृक्षारोपण गरिनेछ ।

हरियाली प्रवद्र्वन उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो । प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७६–७७ अन्तरगत काठमाडौँमा हरियाली प्रवद्र्वन गर्न यो योजना ल्याइएको हो ।

शनिवार सुरु वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य, नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, प्रदेश सांसद सीता अधिकारी दाहाल, प्रदेश सासद दिपक निरौला, नेकपा केन्द्रीय सदस्य हिमाल शर्मा, संविधानसभा सदस्य रत्न गूरुडको सहभागिता थियो ।

काठमाडौँ २, ४ र ५ का वडाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, मोहन विष्ट र रमेश डङ्गोलले पनि वृक्षारोपण गरेका थिए । सामाजिक दुरी कायम गर्दै भएको वृक्षारोपणमा वडा सदस्य, स्थानीय, समाजसेवीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले बृक्षरोपण गरिएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गरे । काठमाडौँको सडक हरियाली बनाउने आफूहरूको योजना रहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्