Logo

थपिएको संक्रमितको संख्या ५५४ कि ५७४ ,मन्त्रालय नै छैन स्पष्ट



काठमाडौ, १४ असर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टामा नेपालमा ५५४ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार तीन सय ९ जना पुगेको छ ।

तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।

मन्त्रालयले कुल संक्रमितको संख्या र जिल्लागत विवरणको कुल संख्या नै फरक पर्नुले उससँग एकिन तथ्यांक नभएको स्पष्ट हुन्छ । मन्त्रालयले उपलब्ध गराएको विवरण नै फरक पर्दा जनमानसमा संक्रमितको एकीन तथ्यांक कति हो भन्ने दुविधा खडा भएको छ ।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत शनिबार उपलब्ध गराएको जिल्लागत विवरण अनुसार बाजुराका ८६, डोटीका ७३, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पा, स्याङ्जा र बैतडीका २६र२६, अर्घाखाँचीमा १८, कैलालीमा १४, अछाम र सल्याानमा १३र१३ र बारामा १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रसुवामा नौ, कपिलवस्तु, बझाङ, डडेलधुरा, बागलुङ र रुपन्देहीमा आठरआठ, सुर्खेत, उदयपुर र गुल्मीमा सातरसात जना, नुवाकोट र सर्लाहीमा ६र६ जना, इलाम, र कञ्चनपुरमा पाँचरपाँच जना, बर्दिया र काठमाडौंका चाररचार, पर्सा, धनुषा र धादिङका तीनरतीन जना, मोरङ, नवलपुर, बाँके, चितवन र मकवापुरका दुईरदुई, भक्तपुर, जाजरकोट, पाँचथर र रोल्पामा एकरएक जना गरी ५७४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवामा क्वारेन्टिनमा बसेका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । कुवेत र भारतबाट आएका नेपालीमा कोरोना पुष्टि भएको हो । शनिबार मात्र १३६ जना डिस्चार्ज भएका छन्। यो संगै नेपालमा डिस्चार्ज भएको संख्या दुई हजार आठ सय ३४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट २८ जनाको मृत्यु भएको छ ।

साथै मन्त्रालयको तथ्यांक र प्रदेश सरकारको तथ्याङ समेत नमिलेको सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । कहाँ कसरी तथ्यांकमा फरक परेको भन्ने कोहीसंग उत्तर छैन् । यो समाचार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्