Logo

अमेरिकी सेनाको हत्या गर्न आतंकवादी समूहलाई पैसा बाँड्दै रुस



वासिंटन, १४ असार । रुसी सेनाले अफगानिस्तानमा अमेरिकी सेना र उससँग सम्बद्ध फौजको हत्या गर्न त्यहाँस्थित आतंकवादी शक्तिलाई इनामको प्रस्ताव गरेको खुलासा भएको छ ।

न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अमेरिकी गुप्तचरले यस्तो सूचना पत्ता लगाएको थियो । रिपोर्टका अनुसार गत वर्ष पनि रुसी सेनाले युरोपमा यस्तै गराएको थियो ।

रुसी सेनाले इस्लामिस्ट आतंकवादी वा अन्य सशस्त्र समूहलाई अमेरिकी सेनाको हत्या गरेवापत पैसाको इनाम दिने गरेको रिपोर्टमा उल्लेख छ । अफगानिस्तानमा झण्डै २० वर्षको युद्धपछि तालिबानसँग अमेरिकाले वार्ताको तयारी गरे पनि विफल भएको थियो । वार्ताको क्रममा अमेरिकी सेना फिर्ता हुने सहमति भए पनि त्यो पूरा हुन सकेन, अर्को तर्फ तालिबान हमला पनि रोकिएको छैन । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेके हो ।



प्रतिक्रिया दिनुहोस्