Logo

क्वारेन्टाइनका भान्सेको मृत्यु



बैतडी, १४ असार । बैतडीको एक क्वारेन्टाइनका भान्सेको शनिबार मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय एक पुरुषको एक्कासी मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

ती व्यक्ति दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने भान्से काम गर्थे । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तीको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक व्यक्ती २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउन संलग्न रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि धनगढी पठाइने जोशीको रहेको छ । यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्