Logo

रसुवाका ९ संक्रमित मध्ये ७ जना कुवेतबाट फर्किएका



रसुवा, १४ असार । रसुवा जिल्लामा पनि पहिलो पटक कोरोना भाइरस कोभिड–१९ को संक्रमित भेटिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा ८ महिला र १ पुरुष गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका ८ जना महिला मध्ये ७ जना कुवेतबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । बाँकि दुईजना मध्ये एक महिला र एक पुरुष पनि भारतबाट आएका हुन् ।

कोरोना संक्रमण देखिएकाहरु १९ देखि २८ वर्षका छन् उनले भने । कुबेतबाट आएकाहरु १५ दिन देखि र भारतबाट आएकाहरु १० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका छन् ।

संक्रमितहरु बसिरहेको क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएर सुरक्षित तरिकाले राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनिहरु संग सम्पर्कमा रहेकाहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरने छ उनले भने । संक्रमितहरुलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्