काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम बहादुर रावलले एमसीसी सम्झौतामा आफ्नो पनि संलग्नता छ भनेर कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । आइतबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले कार्कीलाई प्रश्न गरे–‘। ‘म त्यो कुराको कुन बैठकमा ? के विषयमा, कुन मितिमा, कहाँनेर संलग्न भएँ ? उहाँले नेपाली जनतालाई भन्नुपर्छ । यस्ता भ्रम सिर्जना गरेर अरुलाई अतिरञ्जना ग¥यो भन्ने आफू गलत कुरा गरेर एउटा दफा पनि उहाँको अन्तर्वार्ता मैले सुनेको छु ।’
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
पत्रकार धमलाले ज्ञानेन्द्रबहादुर कार्कीले त एमसीसी परियोजनाको सम्झौतामा भीम रावलको पनि संलग्नता छ भन्नुभयो नि, के यो सही हो ? भनेर सोधेको प्रश्नमा रावलले जवाफ यस्तो दिएका थिए,‘देशको एउटा कुनै पार्टीको नेता हुँ भन्ने व्यक्ति । जो अर्थमन्त्री पनि भइसक्नुभएको छ । उहाँबाट दुईवटा कुरा सुनेको छु । म तपाईंकै सञ्चारमाध्यमबाट उहाँलाई प्रश्न गर्न चाहन्छु-‘म त्यो कुराको कुन बैठकमा ? के विषयमा, कुन मितिमा, कहाँनेर संलग्न भएँ ? उहाँले नेपाली जनतालाई भन्नुपर्छ । यस्ता भ्रम सिर्जना गरेर अरुलाई अतिरञ्जना ग¥यो भन्ने आफू गलत कुरा गरेर एउटा दफा पनि उहाँको अन्तर्वार्ता मैले सुनेको छु । उहाँले मैले उठाएको कुनै दफामा त्यस्तो छैन भनेर भन्न सक्नुभएन । मैले ती दफाहरु पढेर नेपाली जनतालाई सुनाइरहेको छु । मैले सुनाएका ती दफाको बारेमा एउटा पनि खण्डन नगर्ने अनि भ्रम फिजायो, देशप्रति दुराग्रह राख्यो भनेर मनोगत कुरा गरेर उहाँले भीम रावलको पनि संलग्नता थियो भन्नुभयो मलाई त्यसमा हाँस उठ्यो । मेरै बारेमा त्यस्तो कुरा गरेपछि त्यो झुठा हो भन्ने प्रष्ट भयो । जब मलाई त्यो कुरा थाहा पनि छैन । जुनबेला सम्झौता प्रतिनिधिसभामा प्रस्तुत भयो त्यो दिन मात्रै थाहा पाएँ । अर्को उहाँले त्यो सम्झौता नेपालको संविधानमा माथि हुनेछ भनेर लेखेको छ भन्न समेत भ्याउनुभयो । त्यो सम्झौताको कुन धारा नेपालको संविधानमाथि हुनेछ भनेर लेखिएको छ ? अर्को कुरा त्यहाँको कर्मचारीसँग हस्ताक्षर गरेकोमा उहाँ के तर्क दिनुहुन्छ भने त्यहाँ राज्यमन्त्रीको उपस्थिति थियो भनेर । एक उहाँ आँफै मन्त्री राज्यमन्त्रीसँग त्यसमा अझ राज्यमन्त्री नै थिएनन् । अथवा त्यो सम्झौतामा कम्तिमा राज्यमन्त्रीलेसम्म सही गरिदिएको भएपनि हुन्थ्यो । अनि कार्यवाहक कर्मचारीसँग सही गर्ने फेरि भन्ने राज्यमन्त्रीको उपस्थिति थियो । योभन्दा गैरजिम्मेवारी कुरा के हुन सक्छ ?
उनले एमसीसी सम्झौतामा भएका गलत प्रावधान हटाईए अमेरिकासँग अनुदान लिने कुरामा आफूहरुको कुनै विमति नहुनेपनि स्पष्ट पारे । उनले भनेका छन्,‘यो मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको सम्झौता नेपालको हित, हाम्रो शासन प्रणाली, नेपालको कानुन र हामीले अपनाएको बाटो केहीसँग पनि नमिल्ने र एउटा कम्पनीले हस्ताक्षेर गर्ने र त्यो कम्पनीमार्फत एउटा देश हुने हुनाले पारित नगरौं भनेको हो । यदि ती गलत कुराहरु सबै हटाइयो भने अमेरिकासँग अनुदान लिने कुरामा हाम्रो विमति पनि छैन । अमेरिकासँग हाम्रो कुनै पूर्वाग्रह पनि छैन । जहाँसम्म म्यादको कुरा छ–त्योपनि नेपाली जनतालाई भ्रमित बनाउने काम भएको छ । पहिला वर्षमा भएन जान्छ भनियो । त्यसपछि सेप्टेम्बरमा भएन भने जान्छ भनियो । अहिले असार १६ गते भएन भने जान्छ भनियो । यदि यो जान्छ भने जान्छ त ।’ file photo